March 20, 2020

कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने

काठमाडाैं

१५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीशको शुक्रवार बसेको (फूलकोर्ट) बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला अदालतमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले फूलकोर्ट बैठक बसिरहेको लोकान्तरसँग बताए ।

‘प्रशासनिक काम हुन्छ, तर भीडभाड कम गर्नका लगि कम्तिमा १५ दिन बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने कि भन्ने विषयमा फूलकोर्टमा छलफल हुँदैछ,’ निरौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज