February 24, 2020

विपक्षीहरू भ्रम छर्दैछन् : प्रधानमन्त्री 

KP_Oli_Hom gautam

प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरु सरकारलाई कसरी असफल बनाउने भनेर लागिपरेको बताएका छन् ।नेकपाले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर जनतामा भ्रम छरेको दाबी गरे ।

‘विपक्षीहरु नन् इस्युलाई पनि इस्यु बनाएर यो सरकारलाई असफल बनाउन लागिपरेका छन्,’ उनले भने ।

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। अर्काले  के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु लागि परेका छन् ।’ 

संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

पछिल्लो समय सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे केही नबुझी प्रतिपक्षी दलले विरोध गरिरहेको उनले बताए ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखराको सभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन