February 21, 2020

पशुपतिमा नक्कली शीवजी बन्ने जोगी सेल्फी खिच्दै !

फागुन ९, काठमाडौं । गलामा नागको माला र रुद्राक्ष । शरीरमा बाघको छाला । हातमा त्रिशुल । शिरमा चन्द्रमा । सेताम्मे रुपरंग । ओहो ! शिवजी, मग्न ऐना हेरिरहेका छन् ।  

झट्ट हेर्दा लाग्छ, ती युवक शिवजी नै हुन् ! र त पशुपतिमा आएका श्रद्धालु भक्तजनहरु उनको आशिर्वाद सहर्ष स्वीकार गर्छन् ! ढोग्छन्, भेटी चढाउँछन् ।  

रुप हेर्दा भगवान लागेपनि उनको गतिविधि हेर्ने हो भने भगवान शिवको जस्तो रतिभर छैन । कसैलाई आशिर्वाद दिन शिवको भेषमा आएका पटक्कै होइनन् उनी । उनको लीला नियाल्ने हो भने न त ज्ञानी, परमात्मा नै लाग्छन् ।  

पशुपतिमा उनले देखाएको बेहोरा हेर्दा लाग्छ, उनी केवल लुट्न आएका हुन् शिवभेषमा !  

आज भगवान शिवको प्रिय दिन, महाशिवरात्री । देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।  

विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा स्वदेशी–विदेशी भक्तजनको लाम नै छ । कोही त्यहाँको भीड हेर्न आएका छन् भने कोही भगवान शिवलाई पुज्न, नजिकबाट नियाल्न र शिवतत्वको महशुष गर्न आएका छन् ।  

भक्तजनको मात्रै होइन, आज पशुपतिमा जोगी, बाबा, साधु, सन्त, पण्डितहरु पनि खचाखच छन् । कतिले व्यापार राखेका छन् । कति माग्न बसेका छन् । अनेक रुपरंङ्ग र भेषमा सजिएर पाती बाँड्दै, हम्कँदै, पैसा माग्दै हिँडिरहेका छन् साधुरुपी मगन्तेहरु ।  

त्यही भीडमा भेटिएका हुन्, रुपमा हुबहु शिवजी । वास्तविकता नक्कली !  

कस्ता छन् शिवजी ? करुणाका सागर । जगत कल्याणका लागि विष पिउने नीलकण्ठधारी । दयाका खानी । देवादी देव महादेव !

तर ती शिवभेषधारी श्रद्धाले नजिक आएका भक्तहरुलाई ज्ञान, उपदेश दिँदैनन् । न त दया, माया नै देखाउँछन् । केवल मागिरहन्छन् ! अरु त अरु तस्विर लिँदा समेत पैसा माग्छन् । नदिए नानाभाँती गाली दिन्छन् !  

जति नै कठोर हृदयका निदर्यी भएपनि भक्तिका समयमा दयालु निस्कन्छन्, भक्तहरु । धर्म जो कमाउनु छ ! दुःखी, गरिबलाई सहयोग गर्न हिच्किच्याउने उनीहरु बाबा, साधुको भेषमा लुट्न आएकाहरुलाई सहजै पत्याउँछन् र खन्याइदिन्छन् रुपैयाँ !

वास्तवमा साधुसन्त तथा बाबाहरुको मुख्य उद्देश्य धर्मको जगेर्ना र प्रचार गर्नु हो । सन्यासी एवं अघोरीहरु आफैंमा भोक लोभ, मोहबाट मुक्त हुनुपर्ने हो । तर, पशुपतिमा आउने सबै साधकहरु यस्ता गुणी छैनन् !  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा