February 18, 2020

भक्तपुरबाट पक्राउ परे ३४ वर्षीय दुई युवा, ६० लाख ठगेको आरोप

thagi-360x260

काठमाडौँ, ६ फागुन । अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौँको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा रु ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्कविहिन भएका थिए । उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै रु ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गएराति पक्राउ परेका उनीहरुलाई आज महाशाखाले सार्वजनिक गरेको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज