
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा अन्तिम फैसला भएको मुद्दाको फैसला भोलि मात्रै सुनाइने अदालत स्रोतले जनाएको हो ।
न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि हुने छ ।
गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश पौडेलले फैसला सुनाएका हुन् ।
महरामाथि गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । आरोप पछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।
असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन