प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।
कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो ।
एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेले बताए ।
‘थर्मल स्क्यानरले उच्च ज्वरोलगायत कोरोना भाइरसको सम्भावित लक्षण देखिने व्यक्तिलाई रातो घेरामा संकेत गरेर सम्भावित जोखिमबाट बचाउँछ । तर, हाम्रोमा एउटा थर्मल स्क्यानर बिग्रिएको पाँच दिन भइसक्यो, अहिले एउटाले मात्रै यात्रुको स्वास्थ्य जाँच गरेका छौँ,’ हेल्थ डेस्क इन्चार्ज पाण्डेले भने ।
दैनिक विदेशबाट सात हजारको संख्यामा यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिन्छन् । अधिकांश यात्रु कुनै पनि स्वास्थ्य जाँच नगरी विमानस्थलबाट छिर्ने गरेको हेल्थ डेस्कका एक चिकित्सकले बताए ।
‘अधिकांश यात्रुको कुनै पनि स्वास्थ्य जाँच हुँदैन । एउटा स्क्यानरले यात्रुको चाप थेग्न सक्दैन,’ ती चिकित्सकले भने, ‘बिग्रिएको पाँच दिनसम्म पनि सरकारले अर्को व्यवस्था गरेको छैन ।’
०७० मा अफ्रिकी मुलुकमा इबोला फैलिएपछि सरकारले नेपालमा जोखिम न्यूनीकरणका लागि थर्मल स्क्यानर किनेर विमानस्थलमा राखेको थियो । दुई स्क्यानर एक करोडमा खरिद गरेको थियो । तिनै स्क्यानर अहिले प्रयोगमा ल्याइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू