
नेपाल टेलिकमको १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस्’ मन्त्री बाँस्कोटाले भने । राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न समेत उनले आग्रह गरेका छन । उनले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पु¥याउने खेल भइरहेको समेत बताए ।
मन्त्री बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गरेका छन् । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सेवाको पहुँचको विस्तार पछी आउने चुनौति र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न सुझाव दिएका हुन ।
मन्त्री बाँस्कोटाले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताए । उनले भने ‘पहुँचको विस्तार पछि आउने चुनौति त्यो चुनौति के हो भने अव गुणस्तरमा सुधार, गुणस्तरको सुधार अवको हाम्रो योजना हुनुपर्छ सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर हुँदैन तयसतर्फ पाइला चाल्न सक्नुपर्छ ।’ उनले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतिक्षित फोरजी सेवा परियोजना देशैभरी पु¥याउन सफल भएको समेत बताए । उनले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताए ।
टेलिकमले वार्षिकोत्सव मनाइरहदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाएका हुन् ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण