संचार मन्त्री बास्कोटाद्वारा ठग कर्मचारीलाई चेतावनी : राजनिती गर्ने भए पार्टी कार्यलयमा गर, सरकारी कार्यलयमा हैन

download

नेपाल टेलिकमको १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस्’ मन्त्री बाँस्कोटाले भने । राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न समेत उनले आग्रह गरेका छन । उनले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पु¥याउने खेल भइरहेको समेत बताए ।

मन्त्री बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गरेका छन् । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सेवाको पहुँचको विस्तार पछी आउने चुनौति र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न सुझाव दिएका हुन ।

मन्त्री बाँस्कोटाले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताए । उनले भने ‘पहुँचको विस्तार पछि आउने चुनौति त्यो चुनौति के हो भने अव गुणस्तरमा सुधार, गुणस्तरको सुधार अवको हाम्रो योजना हुनुपर्छ सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर हुँदैन तयसतर्फ पाइला चाल्न सक्नुपर्छ ।’ उनले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतिक्षित फोरजी सेवा परियोजना देशैभरी पु¥याउन सफल भएको समेत बताए । उनले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताए ।

टेलिकमले वार्षिकोत्सव मनाइरहदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट