February 7, 2020

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।

यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।

तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्‍याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर