February 5, 2020

‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’

कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् ।  यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेको छ ।

गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो । तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो । चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो । उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन् । यसले चीनको फाएभजी सेवामा प्रत्यक्षरुपमा असर पुगेको छ ।

सोमबार कम्पनीले सार्वजनिक गरेको एक विज्ञप्ती अनुसार चिनियाँ नयाँ वर्षको बिदा लम्बिनु र कोरोना भाइरसको प्रकोप बढ्नु फाइभजीका अवरोध हुन् । चीनले आफ्नो चन्द्रमास अनुसार मनाइने नयाँ वर्षको बिदा लम्ब्याएको छ ।

कम्पनीहरुले पनि आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् , त्यसले चीनको व्यावसायिक गतिविधि नै सुस्ताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर