February 4, 2020

अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपालको सहज जित

Image result for nep vs usa

काठमाडौं, २१ माघ । आईसीसी विश्कप लिग-२ अघि आयोजना गरिएको अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपालले सहज जित हासिल गरेको छ । नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष-११ सँग ३७ रनले पराजित भएको छ ।

घरेलु नेपाल-११ ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको पाहुना टोली अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो ।

अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रन जोडे भने तिमिल पटेलले २० रन जोने । अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् । नेपालको जित पक्का गर्न स्पिनर शेर मल्ल, सागर ढकाल र पवन सरार्फले उत्कृष्ट बलिङ गर्दै कमजोर रनमा समेटिएको नेपालको जितका लागि निर्णायक भूमिका खेले ।

नेपालका लागि शेर मल्लले ७.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए भने सागर ढकालले ८ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फको नाममा २ विकेट रहँदा भुवन कार्कीले पनि १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल अध्यक्ष ११ को ३३.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । नेपालका लागि विकेटकिपर सुवास खकुरेलले ८९ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे ।

पवन सरार्फ ४२ बलमा ४ चौका सहित १९ रनमा आउट भए । यसबाहेक नेपालका अन्य ब्याट्सम्यानहरु दोहोरो अंकमा रन जुटाउन सफल भएनन् । ओपनर शरद भेषवाकर ७, सुनिल धमला ५, सन्दीप जोरा ६, लोकेश बम ४, भुवन कार्की २, शेर मल्ल १ रन जोड्दा प्रतिश जिसी, कुशल मल्ल, किशोर महतो भने शून्यमै पेभेलियन फर्किएर घरेलु दर्शकलाई निराश बनाए ।

नेपालको ब्याटिङ लाइनलाई धराप बनाउँदै अमेरिकाका स्पिनर तिमिल पटेलले ६.५ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए । करिमा गोर र एल्मोर हचिनसनले समान २/२ विकेट आफ्नो नाममा गरे ।

नेपालले पहिलो खेल बुधबार ओमानसँग र दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि