
काठमाडौं, २१ माघ । आईसीसी विश्कप लिग-२ अघि आयोजना गरिएको अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपालले सहज जित हासिल गरेको छ । नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष-११ सँग ३७ रनले पराजित भएको छ ।
घरेलु नेपाल-११ ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको पाहुना टोली अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो ।
अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रन जोडे भने तिमिल पटेलले २० रन जोने । अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् । नेपालको जित पक्का गर्न स्पिनर शेर मल्ल, सागर ढकाल र पवन सरार्फले उत्कृष्ट बलिङ गर्दै कमजोर रनमा समेटिएको नेपालको जितका लागि निर्णायक भूमिका खेले ।
नेपालका लागि शेर मल्लले ७.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए भने सागर ढकालले ८ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फको नाममा २ विकेट रहँदा भुवन कार्कीले पनि १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल अध्यक्ष ११ को ३३.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । नेपालका लागि विकेटकिपर सुवास खकुरेलले ८९ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे ।
पवन सरार्फ ४२ बलमा ४ चौका सहित १९ रनमा आउट भए । यसबाहेक नेपालका अन्य ब्याट्सम्यानहरु दोहोरो अंकमा रन जुटाउन सफल भएनन् । ओपनर शरद भेषवाकर ७, सुनिल धमला ५, सन्दीप जोरा ६, लोकेश बम ४, भुवन कार्की २, शेर मल्ल १ रन जोड्दा प्रतिश जिसी, कुशल मल्ल, किशोर महतो भने शून्यमै पेभेलियन फर्किएर घरेलु दर्शकलाई निराश बनाए ।
नेपालको ब्याटिङ लाइनलाई धराप बनाउँदै अमेरिकाका स्पिनर तिमिल पटेलले ६.५ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए । करिमा गोर र एल्मोर हचिनसनले समान २/२ विकेट आफ्नो नाममा गरे ।
नेपालले पहिलो खेल बुधबार ओमानसँग र दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल