February 2, 2020

आज बालुवाटारमा नेकपा सांसदलाई प्रधानमन्त्रीको रात्रिभोज

माघ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) साँझ रात्रिभोजको आयोजना गर्ने भएका छन् ।

सत्तारुढ नेकपाले प्रधानमन्त्रीले रात्रिभोजको आयोजना गर्ने उल्लेख गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सदस्यहरु तथा सांसदहरुलाई साँझ ६ बजे बालुवाटारमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

रात्रिभोजमा सहभागी हुन नेकपाका सबै सांसदहरूको मोबाइलमा सन्देश पठाइएको छ । सन्देशमा लेखिएको छ– ‘२०७६/१०/१९ गते साँझ ६ बजे पिएम निवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।’

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न रात्रिभोज आयोजना गरिएको हुन सक्ने केही सांसदकाे अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै