January 29, 2020

यसरी बन्यो चीनमा १ हजार शैप्याको अस्पताल ४८ घन्टा मै

 

एजेन्सी, १५ माघ । सुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहान नजिकै १ हजार शैप्याको हस्तिटल बनेको छ । केही दिनअघि चीन सरकारले कोरोना भाइरस फैलिँदै गएपछि एक साताभित्र २ हजार शैप्याका २ वटा अस्पताल बनाउने घोषणा गरेको थियो ।

त्यसमध्ये कोरोना भाइरसको केन्द्रबिन्दु रहेको वुहान नजिकै बनेको एक अस्पताल सञ्चालनमा आएको जनाईएको छ । उक्त अस्पतालले हिजो रातिदेखि स्वास्थ्य सेवा सुरु गरेको समाचारमा बताइएको छ ।

उक्त अस्पताल ४८ घण्टामा निर्माण गरिएको हो । झण्डै ५ सय कामदार, इलेक्ट्रिसियन र प्रहरीले लगातार २८ खटेर उक्त हस्पताल  निर्माण गरेका हुन् ।

हुआङजाओ जिल्लामा बनाइएको उक्त अस्पताल यसअघि मे महिनामा उद्घाटन गरिने बताइएको थियो । तर कोरोना भाइरस देखिएपछि द्रूतगतिमा निर्माण गरी त्यसअघि नै उद्घाटन गरिएको हो ।

हुआङजाओका स्थानीय अधिकारीले  शुक्रबार अस्पताल बनाउने बताएका थिए । शनिबारदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

सोमबारसम्म अस्पतालमा पानी, बिजुली र इन्टरनेट जस्ता सुविधा जडान गरिएको छ ।

त्यस्तै वुहान शहरमा अर्को ठूलो अस्पताल बन्दै छ । उक्त अस्पताल सोमबारसम्म निर्माण हुनेछ । चीन सरकारले कोरोना भाइरसले महामारी लिँदै गएका बेला निकै द्रूतगतिमा ४ वटा हस्पताल बनाउन लागेको छ ।

ती अस्पताल सन् २००३ मा सार्स फैलिएका बेला बेइजिङमा बनाइएका मेडिकल सेन्टरको डिजाइनका आधारमा बनाउन लागिएको हो । पहिला नै बनाइएका निर्माण सामग्री र भवन (pre fabricated buildings and material) बाट अस्पताल बनाइएको हो ।

कोरोना भाइरसबाट हालसम्म चीनमा १३२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र