नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।
विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह ९दश जोड दुई० वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच बर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ।
रेल चालकको हकमा २५ बर्ष र सहचालकको हकमा २० बर्ष उमेर नपुगेको र पचास बर्ष उमेर पूरा भएको व्यक्तिले पनि अनुमतिपत्र प्राप्त गर्न सक्ने छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू