January 12, 2020

नेपालमा रेल चलाउन १० पास गर्नुपर्ने

नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्‍चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह ९दश जोड दुई० वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच बर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ।

रेल चालकको हकमा २५ बर्ष र सहचालकको हकमा २० बर्ष उमेर नपुगेको र पचास बर्ष उमेर पूरा भएको व्यक्तिले पनि अनुमतिपत्र प्राप्त गर्न सक्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर