January 11, 2020

भारतले प्रतिबन्ध लगाएपछि पाम तेलको निर्यात ठप्प

आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ ।

पाम तेलकै कारण निर्यातमा निकै ठूलो फड्को मारेको नेपालका लागि व्यापार घाटा कम गर्न यसको महìवपूर्ण योगदान थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको यस्तो तेल भारत निर्यात भएको छ । यो नेपालबाट निर्यात भएका कुनै अन्य वस्तुमध्ये सबैभन्दा धेरै पनि हो ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमै प्रतिबन्ध लागेपछि त्यसको प्रभावबारे बिहीबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र उद्योगीबीच छलफलसमेत भएको छ । पाम तेल प्रतिबन्धपछि भारत सरकारको आधिकारिक धारणा खोज्दै नेपाल सरकारको तर्फबाट अनौपचारिक कुराकानी भइसकेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर