सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौ चरणको खेल आजबाट सुरु हुँदैछ । आज हुने पाँचौं चरणको खेलमा दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अङ्क खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफूलाई सुरक्षित गर्न चाहन्छ ।
लिगमा जावलाखेल ८ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजे यी दुई टोलीबीच खेल हुनेछ ।
अपराजित रहेका दुवै टिम आजको खेलमा पनि अपराजित रहने योजनामा हुनेछन् । नतिजाले लिगको तालिकामा पनि प्रभाव पार्ने छ । मनाङ विजयी भए शीर्ष स्थानमै यथावत रहँदा मछिन्द्र विजयी भए मछिन्द्र नै शीर्ष स्थानमा पुग्ने छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि