साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा दिन आनकानी गर्ने गरेका छन् । लामो समय काम गरेका नेपालीको सेवा सुविधा रकम धेरै हुने गरेको कारण रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने गरेका हुन् । यो खबर आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका हुन् ।
‘लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीले विभिन्न बहानामा लामो सेवावापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौंको तलब नदिने, आकामा नवीकरण नगरिदिनेलगायतका प्रवृत्तिहरु धेरै देखिएको छ,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘यस्ता समस्याका बारेमा चनाखो भई आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र सोको जानकारी दूतावासमा गराउन अनुरोध छ ।’
नेपालीको व्यवहार पनि कानुनविपरीतः
पछिल्लो समय साउदी अरबमा रोजगारीमा गएका नेपालीले केही हप्तामा नै कम्पनी नराम्रो भएको, तोकिएको सुविधा नपाएको, मेडिकल नगरेको, मेसको खाना राम्रो नभएको, बिरामी हुँदा कम्पनीले उपचार नगरेको कारण देखाई रोजगारदाता छोड्ने गरेका छन् । साउदीमा अकामा जारी वा नवीकरण नगरी वा कम्पनी छोडी भाग्ने (हुरुब) हरुका लागि नेपाली राजूतावासले स्वदेश फिर्तीको अभियानसमेत चलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू