मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा विप्लव कफ्लले लेखेका छन् ।

‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।’ उनका अनुसार १० हजार मौरीबाट १ ग्राम ‘वि–भेनम’ संकलन गर्न सकिन्छ । १ ग्राम भेनम संकलन गर्न ३ दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेन्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ ।
नेपालमा हालसम्म वि भेनमको व्यवसायीक उत्पादन भएको छैन । नसा, मुटु, वाथजस्ता रोगको उपचारमा वि भेनम प्रयोग हुन्छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर