December 30, 2019

‘हेटौँडा हुँदै हुँदैन’

हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाकरण गर्नुपर्नेमा पञ्चायतकालमा राखिएको बागमती अञ्चलको नामबाटै प्रदेशको नाम राख्नु संघीयताको मर्मतविपरित रहेको प्रदेश सांसदहरुको धारणा छ ।

काभ्रेलाई प्रदेश राजधानी प्रस्ताव गर्नेमध्ये प्रस्तावक चन्द्र लामाले सचिवालयको निर्णयले संसदको सर्वोच्चतामाथि प्रशन उठेको बताए ।

त्यस्तै, प्रदेश नम्बर ३ का कानुन तथा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ–बागमती राख्नुपर्नेमा नभएको बताउँदै भने, ‘संघीयता खोलाले हैन जनताले मागेको हो । बागमती मात्र राख्दा संघीयताको मर्मअनुकूल भएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर