पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ ।
हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ । प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो ।
जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो । प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर