धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला । भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लखेका छन् ।
चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने, “ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।” बाघलाई आहारा खुवाउँदा पनि ग्रह हट्छ भन्ने विश्वासले हरेक आइतबार उत्तिकै मानिस चिडियाखाना पुग्ने गरेका छन् ।
हात्तीलाई खाना खुवाउन प्रतिव्यक्ति १५० रुपियाँ र बाघलाई खाना खुवाउन दुई सय रुपियाँ लिने गरिएको छ । बाहिरबाट ल्याइएका खाना स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने हुँदा हात्ती वा बाघलाई खुवाइने आहाराको व्यवस्था चिडियाखानाले नै गरिदिने गरेको छ ।
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित