यादव र राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा यादवले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ ।
तर माग पूरा गर्नुको साटो सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेर सहमतिबाट पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको यादवको राजीनामा पत्रमा उल्लेख छ ।
यस्तै सहरी विकासमन्त्री राईले दिएको राजीनामापत्रमा भने संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम राजीनामा दिएको उल्लेख छ । उनले अहिलेसम्म सहकार्य गर्ने अवसरमा दिएकोमा पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।


पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त