
पुष ७, काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएपछि आक्रोसित विद्यार्थीहरुले बसमा आगजनी गरेका छन् ।
सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको छ ।
भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे पशुपति क्याम्पस चाबहिलमा अध्ययनरत सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइएकोमा त्यही उनको मृत्यु भएको हो । गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए ।
बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुरको रुटमा चल्नै बा ४ ख ७१०४ नम्बरको अर्कै बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त