” आफैँ मिर्गौला पीडित प्रधानमन्त्रीले बिरामी जनतालाई ५ हजार दिन किन कटौती ? “

dipak_bohora_mBNITEAbPk

पुस ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहाेराले मिर्गौला बिरामीलाई दिन सुरु गरिएको भत्ता कटौती गरिएकोमा आपत्ति जनाएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहाेराले प्रधानमन्त्री स्वयम् मिर्गौला रोगी हुँदा पनि अन्य बिरामीले पाउने भत्ता कटौती भएकोमा आपत्ति जनाउँदै उनीहरु सडक आन्दोलनमा उत्रिनु परेको बताए ।  

उनले विज्ञप्तिमा भनेका छन्, ‘स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ । म स्वास्थ्य मन्त्री रहँदा सरकारका तर्फबाट मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो। तर, त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती गर्‍यो। अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि बिरामीले सडक आन्दोलन गर्नुपरेको छ।’Image may contain: text

उनले यस्तो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार रहेको जनाउँदै स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णयप्रति खेद प्रकट गरे ।  

बिरामीहरूको लागि बितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णय वर्तमान सरकारबाट किन बदर गरियो ? भन्दै प्रश्न समेत गरेका छन् ।  

‘अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’, उनले प्रश्न गरेका छन् ।  

उनले बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउन समेत माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका