
पुस ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहाेराले मिर्गौला बिरामीलाई दिन सुरु गरिएको भत्ता कटौती गरिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहाेराले प्रधानमन्त्री स्वयम् मिर्गौला रोगी हुँदा पनि अन्य बिरामीले पाउने भत्ता कटौती भएकोमा आपत्ति जनाउँदै उनीहरु सडक आन्दोलनमा उत्रिनु परेको बताए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ । म स्वास्थ्य मन्त्री रहँदा सरकारका तर्फबाट मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो। तर, त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती गर्यो। अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि बिरामीले सडक आन्दोलन गर्नुपरेको छ।’
उनले यस्तो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार रहेको जनाउँदै स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णयप्रति खेद प्रकट गरे ।
बिरामीहरूको लागि बितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णय वर्तमान सरकारबाट किन बदर गरियो ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’, उनले प्रश्न गरेका छन् ।
उनले बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउन समेत माग गरेका छन्।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे