मंसिर ३०, काठमाडौं । धनुषामा भएको बम विस्फोटको अनुसन्धान गर्न डीएसपी नेतृत्वमा छानविन समिति गठन गरिएको छ । प्रदेश नम्बर–२ प्रहरी कार्यालयले घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीको नेतृत्वमा समिति गठन गरिएको हो ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार छानविन समितिमा प्रदेश २ को विशेष ब्युरो, बम बिस्फोट विज्ञलगायत अनुसन्धान विज्ञ पनि छन् । टोलीले घटनाको छानविन र अनुसन्धान सुरु गरिसकेको छ ।
शुक्रबार थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा राखेको बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यावसायी राजेश साह र उनका छोराले ज्यान गएको थियो । तीनजनाको ज्यान गएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । प्रहरीले राजेश साहको घरमा टाइम बम राखिएको हुनसक्ने अनुमान गर्दै आएको छ ।
प्रहरी अधिकारीले आर्थिक लेनदेन र व्यक्तिगत ‘दुश्मनी’कै कारण वम राखेको हुनसक्ने दाबी गर्दै आएका छन् । एक प्रहरी अधिकारीले भने “मृतक राजेश शाहले एकजनालाई रकम दिनुपर्ने थियो । उनी विप्लव समूहमा आवद्ध नेताका आफन्त हुन भन्ने कुरा आएको छ । यो आर्थीक अपराधको धटना हो ।’’ उनले मिटर ब्याजमा समेत पैसा लगाउने गरेको पाइएको छ ।
घटनामा विप्लव समूहको केही सदस्य वा तराईमा अपराधिक गतिविधि सञ्चालन गर्दै आएको समूहको संलग्नता हुनसक्ने प्रहरी दाबी छ । प्रहरीले विस्फोटपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका धनुषा इन्चार्ज ललिता महरासहित पाँचजनालाई पक्राउ गरेको छ । विस्फोटको आशंकामा उनीहरुलाई पक्राउ गरिएपछि देशभरी प्रहरीले विप्लव समूहको नेता–कार्यकर्तालाई पक्राउ गर्दै आएको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित