
काठमाडौँ, २७ मङ्सिर । देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित बनिरहेको छ । अचानक देखिएको यस्तो मौसमी परिवर्तनका पछाडि पश्चिमी निम्न चापिय प्रणाली सक्रिय हुनु रहेको मौसमविद्हरुले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने सम्भावना रहेको जनाएको छ ।
वर्षा र हिमपातसँगै देशको पश्चिम क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू–भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान-
मङ्सिर २७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ।
मङ्सिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
मङ्सिर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भु–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू–भागमा हल्का वर्षा हुने संभावना छ । हिमाली भू–भागमाहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती : देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू(भागहरुमा हल्का हिमपात हुने संभावना छ ।
२४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा