December 7, 2019

तेह्रौँ साग : ८१ स्वर्णकासाथै १६५ पदकसहित भारत शीर्ष स्थानमा

काठमाडौँ, २१  मङ्सिर (रासस) : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।  २०७६ मङ्सिर २० गते शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले मङ्सिर २० गतेको  गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत     ८१    ५९    २५    १६५
नेपाल    ४१    २७    ४८    ११६
श्रीलङ्का    २३    ४२    ६९    १३४
पाकिस्तान    १९    २५    २९    ७३
बङ्गलादेश    ४    १८    ५१    ७३
माल्दिभ्स    १    ०    २    ३
भूटान    ०    ०    ६    ६
–––

(तस्वीर : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग शुक्रबार तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष एथ्लेटिक्सका स्वर्ण पदक विजयी नेपालका गोपीचन्द्र पार्कीलगायत खेलाडी ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र