December 5, 2019

४५ औँ दीक्षान्तमा उमेश र विद्यामानले पाउने भए तीन-तीन वटा पदक?

 

काठमाडौं, १९ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औँ मा दुई विद्यार्थीले तीन-तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३.८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले आगामी पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने हुनुभएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार आचार्यले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउने भएका हुन् । चान्सलर पदक स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएकामा, त्रिवि प्राध्यापक स्वर्ण पदक र मानन्धर स्वर्ण पदक सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकामा प्रदान गर्न लागिएको हो । चान्सलर पदकमा करीब तीन तोला सुन रहेको हुन्छ ।

यसैगरी महताराले खगेन्द्रमान सिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनेछन् । उनले एमएमा सर्वोकृष्ट अङ्क ल्याएबापत उक्त पुरस्कार पाउने भएका हुन् । यसैगरी समारोहमा चारजना विद्यार्थीले दुई÷दुई पदक पाउने भएका छन् । सहनियन्त्रक अधिकारीका अनुसार सङ्गीता महर्जन, थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई/दुई वटा पुरस्कार पाउने भएको छ ।

रसायनशास्त्र विभागबाट एमएस्सीमा ३.९८ सिजिपिए अङ्क ल्याएका महर्जनले अमृत पदक, पिएलसिंह पदक, स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमलाई ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाउने भएका छन् ।

यसैगरी शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए)मा ३.९३ सिजिपिए अङ्क ल्याउने खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक तथा मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाउनेछन् ।

समारोहमा ‘त्रिवि प्राध्यापक सङ्घका उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक–२०७५’ बाट व्यवस्थापन सङ्काय एमफिल तहमा सर्वोकृष्ट अङ्क ल्याउने सिर्जना पहारीलाई प्रदान गरिन लागेको हो । उनले जनप्रशासन केन्द्रीय विभागबाट ३.७५ सिजिपिए अङ्क ल्याएका थिए ।

सोही अवसरमा उत्कृष्ट अङ्क ल्याउने ३१ विद्यार्थीलाई पदक वितरण गरिनेछ । समारोह त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुनेछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा १० हजार १८४ विद्यार्थी र करिब ६ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको