December 4, 2019

यसरी लिए सर्वोच्चको घुस्याहा कर्मचारीले धरौटीमा छुटाईदिने भन्दै साढे २ लाख

सर्वोच्च अदालतका घुस्याहा कर्मचारी, धरौटीमा छुटाईदिने भन्दै लिए साढे २ लाख रुपैयाँ

 काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी २ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध सर्वोच्च अदालतमा ०७६-RE-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा शाहीलाई धरौटीमा छुटाइदिने प्रलोभनमा खड्काले घुस लिएको अख्तियारले जनाएको छ ।

मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी पछि ५० हजार रुपैयाँ फिर्ता गर्नेगरी खड्काले २ लाख ५० हजार रुपैयाँ लिएको पुष्टी हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले खड्कालाई बिगो २ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड घ बमोजिम हुने सजायमा सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदावी गरिएको छ ।

प्रवक्ता कोइरालाका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको ०७६-RE-०१२८ नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई २०७६ साल असोजमा ४ हजार रुपैयाँ र कार्तिक महिनामा ५ हजार रुपैयाँ गरी ९ हजार रुपैयाँ घुस लिएको पनि पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज