December 4, 2019

यसरी लिए सर्वोच्चको घुस्याहा कर्मचारीले धरौटीमा छुटाईदिने भन्दै साढे २ लाख

सर्वोच्च अदालतका घुस्याहा कर्मचारी, धरौटीमा छुटाईदिने भन्दै लिए साढे २ लाख रुपैयाँ

 काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी २ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध सर्वोच्च अदालतमा ०७६-RE-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा शाहीलाई धरौटीमा छुटाइदिने प्रलोभनमा खड्काले घुस लिएको अख्तियारले जनाएको छ ।

मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी पछि ५० हजार रुपैयाँ फिर्ता गर्नेगरी खड्काले २ लाख ५० हजार रुपैयाँ लिएको पुष्टी हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले खड्कालाई बिगो २ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड घ बमोजिम हुने सजायमा सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदावी गरिएको छ ।

प्रवक्ता कोइरालाका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको ०७६-RE-०१२८ नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई २०७६ साल असोजमा ४ हजार रुपैयाँ र कार्तिक महिनामा ५ हजार रुपैयाँ गरी ९ हजार रुपैयाँ घुस लिएको पनि पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना