मंसिर १६, विराटनगर । बलात्कार आरोप लागेका चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई चारदिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । उनलाई व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो ।
न्यायाधीश धर्मराज पाैडेलको इजालासले थुनामा राखेर अनुसन्धान गर्न समय थप गरेको हो ।
जिल्ला अस्पताल इनरुवा सुनसरीबाट व्हीलचियरमा राखेर उनलाई म्याद थपको लागि जिल्ला अदालत लगिएको हो । प्रहरीले आज बिहान ४ बजे विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पुर्याएको थियो । प्रहरीका अनुसार अदालतमा बयानपछि म्याद थप हुनेछ ।
सिद्धबाबाकी एक अनुयायील आफूलाई सिद्धबाबाले बलात्कार गरेको आरोप लगाउँदै सिआईबीमा उजुरी दिएकी थिइन । त्यस लगत्तै बिरामी परेको भन्दै सिद्धबाबा उपचारको लागि विराटन नर्सिङ होममा भर्ना भएका थिए । उनलाई मुटु, मृगौलाको पत्थरी र प्रोस्टेट सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको थियो ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र