April 19, 2024

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न आयोगले यस प्रकारको निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यातायातको सहज पहुँच, विद्युत् र खानेपानीको आपूर्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनलगायतमा आयोगको निर्देशन कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन हुन आग्रह गरेको बताउनुभयो । उहाँले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्राचार गरी यस प्रकारको आग्रह गरेको बताउनुभयो ।

आयोगले यातायातको सहज पहुँचका लागि सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रवक्ता पौडेलले मतदान हुने मतदान स्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत प्राथमिकतासाथ मर्मतसम्भार गरी सुचारु राख्न निर्देशन दिइएको बताउनुभयो । इलाम–२ मा १४९ वटा मतदान केन्द्र तोकिएका छन् भने बझाङ १ (१) मा ९३ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले उपनिर्वाचनका क्रममा नियुक्त गरिएका कर्मचारी वा सुरक्षाकर्मीले कुनै प्रकारको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरेमा त्यस्ता गतिविधि निर्वाचन कसुर अन्तर्गत ठहर हुने प्रस्ट्याएको छ । यस प्रकारको गतिविधिमा संलग्नलाई आवश्यक कारबाही गर्ने आयोगले सचेत गराएको छ । इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) प्रदेश सभा सदस्य क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट