नक्कली चेक बनाएर बैंकबाट १९ लाख भन्दा बढी चोरीः ६ जना पक्राउ

मंसिर ११, काठमाडौँ : काठमाडौँको दुई बैंकबाट किर्ते हस्ताक्षर गरेर दुई बैंकबाट १९ लाख भन्दा बढी चोरी भएको खुल्न आएको छ ।  काठमाडौँमा स्थित जनता बैङ्क र एनआइसी एसिया  बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको खुल्न आएको हो ।

bankkkkkkkk_1372245549

यस चोरीमा संलग्न ६ जनालाई समेत पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएको छ ।  चोरी कार्यमा सबै नागरिक नेपाली भएको पाईएको र उनीहरुको नाम आज दिउँसो पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाकारी दिएको छ ।

बैंकका कर्मचारीकै  संलग्नता चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ भने  चोरी गरिएको रकम मध्ये १९ लाख १९ हजार रुपैयाँ बरामद भईसकिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार चोरहरुले ‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ । सक्कली खातावालहरुले आफ्नो खाताबाट रकम हराएर प्रहरीमा उजुरी गरेपछी उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।  

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी हुँदा यस कार्यमा संलग्न  ६ जना चिनियाँ नागरिक पक्राउ गरिएको थियो भने त्यसको लगतै फेरी लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको थियो । यी दुबै चोरी काण्डमा नेपाली एजेन्ट समातिएका थिए  भने यस चोरी काण्डको मुख्य योजनाकार भने अझै पत्तो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले