नक्कली चेक बनाएर बैंकबाट १९ लाख भन्दा बढी चोरीः ६ जना पक्राउ

मंसिर ११, काठमाडौँ : काठमाडौँको दुई बैंकबाट किर्ते हस्ताक्षर गरेर दुई बैंकबाट १९ लाख भन्दा बढी चोरी भएको खुल्न आएको छ ।  काठमाडौँमा स्थित जनता बैङ्क र एनआइसी एसिया  बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको खुल्न आएको हो ।

bankkkkkkkk_1372245549

यस चोरीमा संलग्न ६ जनालाई समेत पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएको छ ।  चोरी कार्यमा सबै नागरिक नेपाली भएको पाईएको र उनीहरुको नाम आज दिउँसो पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाकारी दिएको छ ।

बैंकका कर्मचारीकै  संलग्नता चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ भने  चोरी गरिएको रकम मध्ये १९ लाख १९ हजार रुपैयाँ बरामद भईसकिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार चोरहरुले ‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ । सक्कली खातावालहरुले आफ्नो खाताबाट रकम हराएर प्रहरीमा उजुरी गरेपछी उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।  

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी हुँदा यस कार्यमा संलग्न  ६ जना चिनियाँ नागरिक पक्राउ गरिएको थियो भने त्यसको लगतै फेरी लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको थियो । यी दुबै चोरी काण्डमा नेपाली एजेन्ट समातिएका थिए  भने यस चोरी काण्डको मुख्य योजनाकार भने अझै पत्तो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको