November 24, 2019

गैरकानुनी लाइसेन्स वितरण गर्ने यातायात कार्यालयका प्रमुखसहित ३८ जना बिरुद्ध भ्रष्टाचार मुद्दा

Image result for गैरकानुनी लाइसेन्स वितरण

मंसिर ८, काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रका तत्कालीन कार्यालय प्रमुख सहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोप लागेको उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आइतबार २०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जना व्यक्तिलाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तिायारले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलसहितको मिलोमतोमा राजश्वसमेत छली गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।  

हाल अवकास प्राप्त इन्जिनयर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालिन प्रहरी निरीक्षक ९हाल प्रहरी नायब उपरिक्षक० नवराज थापा, शाखा अधिकृतहरु राममणी पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल  उपसचिव) बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर भएको हो।  

भ्रष्टाचार मुद्दा दायर भएका अन्य कर्मचारीको बिवरण यस प्रकार छ  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन