November 20, 2019

सचिव सुवेदीद्वारा सूचना प्रविधि मन्त्रालयको कार्यभार ग्रहण

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भएर आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि गरेको बताए ।

‘मन्त्रालयको काम कार्वाहीलाई प्रभावकारी बनाउन म यहाँहरुको सहयोगको अपेक्षा गर्दछु, सचिव सुवेदीले भने,‘मेरा लागि यो विल्कुलै नयाँ क्षेत्र हो, यहाँहरुको सल्लाह, सुझाव र सहयोग मेरा लागि उपयोगी हुनेछ ।’ सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्ना लागि सबै गुरु भएको पनि बताए ।

सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा संचार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।

यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन