मंसिर २, काठमाडौँ : सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरिएको छ ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा रहेको आफ्नो कार्यालयको एक्सन रुमको स्विच अन गरेर रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेमा एकैचोटी उदघाटन गरेका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार प्रकट समेत गरेका छन् ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु गरिएकाे थियाे । आज उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिएकाे छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
उद्घाटन गरिएको आयोजनाले देशभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने बतार्ईएको छ । यसबाट कुलेखानी जलाशयको पानी वचत गर्न र आयातीत विद्युत्को परिमाण घटाउन सहयोग पुग्ने छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट