November 17, 2019

टी–१० क्रिकेट लिगमा सन्दीपको टिमको विजय सुरुवात, सन्दीपले लिए १ विकेट

 

Image result for Sandeep in ground

मंसिर १, एजेन्सी । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स दिल्ली बुल्सलाई पराजित गर्दै विजयी भएको छ । कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोडेको बुल्सका लागि एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाएका थिए ।  

टी– १० को पहिलो खेलमै टिममा परेका नपाली क्रिकेटर सन्दीपले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका थिए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई ८ रन बनाएपछि सन्दीपले आउट गरिदिएका थिए ।  

टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे । टस हारेर पहिला ब्याटिङ सुरु गरको कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो ।

कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा  डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज