
कार्तिक २२,काठमाडौँ । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजे पछी शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेका छन् ।
भारतले नेपाली भूभाग मिचेको भन्दै काठमाडौं लैनचौरस्थित भारतीय दूतावास अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा नेपाली भूभाग समेपछी यसको बिरोध गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीले गो ब्याक इण्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

यस अघी नेपाल विद्यार्थी संघ (नेवि संघ) ले पनि भारतीय दूतावास अगाडी भारतको नयाँ नक्सा जलाउँदै विरोध प्रदर्शन गरेका थिए ।
अनेरास्ववियूका विद्यार्थीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन भएपछी सरकारले दूतावास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक भारतीय क्षेत्रभित्र पारेपछी नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आइरहेका छन्
यसरी नेपाली भूभागलाई भारतले आफ्नो बनाउन खोजेपछी नेपारभर यसको बिरोध भईरहेको छ ।



असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन