
काठमाडाैं, २० कात्तिक । गृहमन्त्री राम बहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्रि थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन् ।
समितिले केहि समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरे पछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेरा भित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रि सँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्रि थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्विकार गरेका हुन् ।
सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका थिए । सांसदको जिज्ञाशामा मन्त्रि थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए ।
राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमन पछि नेपाल सरकारलाई जेल तथा बन्दि गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन