जापानी प्रविधिबाट बनेपामा फोहरको व्यवस्थापन

बनेपा । बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ । यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ । 

कार्यालयले फोहर जलाउने मेशिन वडा नं ९ स्थित कृषि फार्ममा राख्ने जनाएको छ । “बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ”, नगर उपप्रमुख रेखा दाहालले भनिन् ।  

उनका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ । बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ । करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पुर्याइँदै आइएको छ । यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताए ।  

उनले भने, “यहाँको फोहर सिस्डोल पुर्याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेशिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ ।” उनका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको १२ र १४ नं वडाको सिमानामा १४ रोपनी जमीन खरीद गरेको र थप लिने तयारी भइरहेको छ । 

मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताए ।  ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’’, उनले भने । उनका अनुसार मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलान सक्छ । बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ ।  

हाल ल्याइएको उक्त मेशिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेशिन ल्याइने नगरप्रमुख वादेले बताए ।  “अबको केही दिनमै मेशिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ”, उनले भने । मेशिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेशिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ । मेशिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट