
एजेन्सी, ६ कात्तिक । बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र ३९ जनाको शव फेला परेको छ ।
प्रहरीले बुधबार बिहान ट्रकको कन्टेनरभित्र ३९ जनाको शव फेला पारेको हो । इङल्याण्डको एसेक्सबाट ती शव फेला पारिएको समाचारमा बताइएको छ । शवमध्ये एउटा शव किशोरको समेत रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुको पहिचान हुन सकेको छैन । शवको पहिचान हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ड्राइभर उत्तरी आयरल्याण्डका बासिन्दा भएको समाचारमा जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।
मालबाहक ट्रकभित्र ३९ जनाको शव भेट्टिएपछि बेलायत नै स्तब्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।
‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले भने, ‘ कनटेनरभित्र ३९ जनाको शव भेट्टिएको सुन्दा निकै दुःखित भएको छ, अपराधीहरु पहिचा गरी कारबाही होस् भन्ने काम गर्छु ।’
मानव तस्करको जालोमा परेर ती मानिसले ज्यान गुमाएको हुन सक्ने बताइएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद