October 20, 2019

अपडेटः यौन दुर्व्यवहारकाे आरोप लागेका महराको बयान सुरु

Image result for पूर्व सभामुख कृष्णबहादुर महरा

कार्तिक ३, काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको  आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।  

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई तीन दिन दिन म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमती  दिएको थियो ।

तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि अनुसन्धानका लागि पुनः म्याद थप गर्ने प्रक्रियाका लागि महरालाई प्रहरीले आइतबार बिहान ११ बजेतिर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएकाे हाे । त्यहाँको बयान सकिएपछी महरालाई पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने उनका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीले महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोश्नी शाहीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । आफूलाई यौन दुर्व्यवहारको आरोप लागेपछी महराले आफ्नो पदबाट समेत राजिनामा दिएका थिए ।  

यौन दुर्व्यवहारमा परेकी भनिएकी ती महिलाको एक भिडियो सार्वजनिक भएपछी महराले  असोज १३ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् ।  यदी  यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा महरालाई कानुन अनुसार साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने सम्भावना रहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक