October 20, 2019

अपडेटः यौन दुर्व्यवहारकाे आरोप लागेका महराको बयान सुरु

Image result for पूर्व सभामुख कृष्णबहादुर महरा

कार्तिक ३, काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको  आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।  

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई तीन दिन दिन म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमती  दिएको थियो ।

तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि अनुसन्धानका लागि पुनः म्याद थप गर्ने प्रक्रियाका लागि महरालाई प्रहरीले आइतबार बिहान ११ बजेतिर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएकाे हाे । त्यहाँको बयान सकिएपछी महरालाई पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने उनका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीले महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोश्नी शाहीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । आफूलाई यौन दुर्व्यवहारको आरोप लागेपछी महराले आफ्नो पदबाट समेत राजिनामा दिएका थिए ।  

यौन दुर्व्यवहारमा परेकी भनिएकी ती महिलाको एक भिडियो सार्वजनिक भएपछी महराले  असोज १३ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् ।  यदी  यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा महरालाई कानुन अनुसार साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने सम्भावना रहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज