October 18, 2019

आचार्यलाई हराउँदै एनआरएनएको अध्यक्षमा पन्त बिजय

 

Image result for कुमार पन्त

कार्तिक १, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा  कुमार पन्त बिजयी हुन सफल भएका छन् ।

बिहिबार भएको संघको निर्वाचनमा अध्यक्ष पन्तले सोही पदका लागि उम्मेदवार भएका कुल आचार्यलाई हराउँदै  बिजयी हासिल गर्न सफल भएका हुन् ।  

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।  एनआरएनएको महासचिवमा डा.हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन्  । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।  

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।  अध्यक्ष पदमा बिजयी पन्तलाई सत्तारुढ नेकपाको राम्राे साथ थियो भने अर्का उम्मेदवार आचार्यलाई कांग्रेसकाे साथ रहेको थियो ।  

४२ पदका लागि ७६ जनाको उम्मेदवारी रहेको यस निर्वाचनमा २ हजार ३ सय ४१ जनाको मत खसेको थियो ।  

अध्यक्ष पदमा बिजयी पन्तले आफू उम्मेदवार हुँदै नै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

अब आगामी २ वर्ष सम्मका लागि पन्तले अध्यक्षको पदकाे कार्यभार समाल्ने छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र