नेपाल टी–ट्वान्टी वरियतामा दुई स्थान तल झर्‍यो !

काठमाडौ, २५ असोज । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो ।

अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्री–कोणात्मक र ओमानमा भएको पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ ।

सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो । यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल तल झरेको हो ।

नयाँ वरियतामा स्कटल्याण्ड ११औं र युएई १२औं स्थानमा उक्लिएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि