एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् ।
ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले पनि नेयमारलाई लिन प्रयास गरेको थियो । तर, दुवैको प्रयास सफल भएन र नेयमार पिएसजीमै बसे ।
पूर्व सहकर्मी नेयमार पिएसजीमा खुसी नरहेको मेस्सीले बुझेका छन् । त्यसकारण बार्सिलोना आउन नमिलेको खण्डमा नेयमारले रियललाई विकल्पको रुपमा राख्न सक्ने अनुमान गरेका छन् ।
‘इमान्दारपूर्वक भन्दा यदि उनी यहाँ आएनन् भने रियल जाने सक्छन्,’ मेस्सीले भने, ‘उनी साच्चै पिएसजी छोड्न चाहन्छन् । मलाई लाग्छ फ्लोरेन्टिनो र रियलले उनलाई लिनका लागि हरसम्भव प्रयास गर्नेछन् ।’
अबको सरुवा बजारमा पनि नेयमारको चर्चा नहुने कुरै हुन्न । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन चाहन्छ । तर, पिएसजीले सहजै नेयमारलाई नछाड्ने निश्चित छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पिएसजी गएका थिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति