एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् ।
ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले पनि नेयमारलाई लिन प्रयास गरेको थियो । तर, दुवैको प्रयास सफल भएन र नेयमार पिएसजीमै बसे ।
पूर्व सहकर्मी नेयमार पिएसजीमा खुसी नरहेको मेस्सीले बुझेका छन् । त्यसकारण बार्सिलोना आउन नमिलेको खण्डमा नेयमारले रियललाई विकल्पको रुपमा राख्न सक्ने अनुमान गरेका छन् ।
‘इमान्दारपूर्वक भन्दा यदि उनी यहाँ आएनन् भने रियल जाने सक्छन्,’ मेस्सीले भने, ‘उनी साच्चै पिएसजी छोड्न चाहन्छन् । मलाई लाग्छ फ्लोरेन्टिनो र रियलले उनलाई लिनका लागि हरसम्भव प्रयास गर्नेछन् ।’
अबको सरुवा बजारमा पनि नेयमारको चर्चा नहुने कुरै हुन्न । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन चाहन्छ । तर, पिएसजीले सहजै नेयमारलाई नछाड्ने निश्चित छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पिएसजी गएका थिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि