काठमाडौं । पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ । नेपालले ओमानलाई दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । ओमानका सुरज कुमारले ४२ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा नेपाल झिनो रनस्कोरमा समेटिएको हो । आरिफ शेखले २० रन बनाउनुबाहेक अरु कसैले राम्रो प्रर्दशन गर्न सकेनन् ।
कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,विनोद भण्डारी चार,इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र अविना बोहराले दुई रन बनाए । सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।
नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए