October 9, 2019

विश्वकप छनोटमा बिहीबार नेपाल र अस्ट्रेलिया खेल्ने !

Image result for aus vs nepalकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो ।

अस्ट्रेलियाको क्यानबेरास्थित जीयओ रंगशालामा नेपालले भोलि अस्ट्रेलियासँग विश्वकप छनोट खेल खेल्दैछ । खेल नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा हुँदैछ । नेपाली राष्ट्रिय टोली एक साताअघि नै अस्ट्रेलिया पुगेको हो । 

अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र त्यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि टोली चाँडै नै उताको पुगेको हो । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबलको एशियाली छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियाको होममा खेल्न लागेको हो ।

नेपाल परेको समूह ‘बी’ मा अस्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत पनि छन् । एसियन च्याम्पियन अस्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन ।

विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।
नेपाली टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् । 

जितको लक्ष्यसहित अष्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । टोलीको गोलकिपरमा किरणसँगै विकेश कुथु, विशाल श्रेष्ठ छन् ।
डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् । मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई छन् ।

स्टाइकरमा विमल घर्तीमगरसँगै अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले अष्ट्रेलियापछि असोज २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलिया प्रस्थान गर्नुअघि टिमका कप्तान किरण चेमजोङले विश्वकप खेलिसकेको अस्ट्रेलिया बलियो टोली रहेको बताउँदै अस्ट्रेलियासँग अन्तिम अवस्थासम्म डटेर प्रतिस्पर्धा गर्ने बताएका थिए । । उनले भनेका थिए, “हारजित छुट्टै कुरा हो । तर हामीले बहादुरीका साथ खेल्ने छौं ।”

समुह बीमा कुवेत अगाडि

यता नेपाल रहेको समूह बीको अंकतालिकामा कुवेत शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट नेपालविरुद्ध जित निकाल्दै गोलअन्तरका आधारमा कुवेत अस्ट्रेलियाअगाडी रहेको हो । अस्ट्रेलियाले भने कुवेतलाई ३-० गोलले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको जोर्डनको ३ अंक छ । उसले चाइनिज ताइपेइलाई २–१ ले हराएको हो । समूहको पाँचौं सथानमा नेपाल रहँदा सबै खेल गुमाएको चाइनिज ताइपेइ पुच्छरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि