
काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले पराजय बेहोरेको छ । १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सकेको हो ।
आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य दिएकोमा नेपाल १३ रनले पराजित भयो । करन केसीले अन्तिममा निकै राम्रो प्रदर्शन गरेर आवश्यक २५ रन बनाउन प्रयत्न गरेपनि त्यो पर्याप्त हुन सकेन । उनले १६ रन बनाए ।
नेपालका लागि आरिफ सेखले सर्वाधिक २६ रनको योगदान गरे । नेपाली टिमका लागि कप्तान पारस खड्काले २५ रन बनाउँदा ओपनर ईशान पाण्डेले २२ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । आयरल्यान्डका मार्क एडेर र जर्ज डकरेलले ३–३ विकेट र ग्यारेथ डेलानीले २ विकेट लिए ।
यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।
दुई जितपछि उत्साहित बनेपछि यो सिरिजमा नेपालको पहिलो हार हो । यसअघि नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराएको थियो । नेपालले अन्तिम खेल आयोजक ओमानसँग बिहीबार खेल्दैछ । हारसँगै नेपाललाई सिरिज उपाधी सम्भावना कठिन बनेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र