आज नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसँग भिड्दै, नेपाललाई ऐतिहासिक अवसर

टि–ट्‍वान्टी सिरिजमा नेपाल आयरल्याण्डसँग भिड्दै, टेष्‍ट राष्‍ट्रलाई ऐतिहासिक अवसरकाठमाडौं । पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमान सिरिजमा लगातार दुई खेल जितेको नेपालले आयरल्याण्डको सामना गर्न लागेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । आयरल्याण्ड नेपालभन्दा बलियो टोली मानिन्छ ।

टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्डले बलिया टेष्ट राष्ट्रहरुलाई मात दिइसकेको भए पनि जारी सिरिजमा दुई खेलमा एकमा हार बेहोरिसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि चमत्कारिक जित निकालेको थियो । नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले आज आयरल्याण्डलाई पराजित गर्न सके टेष्ट मान्यताप्राप्त राष्ट्रमाथिको पहिलो ऐतिहासिक जित हुनेछ । हालसम्म नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।

टेष्ट राष्ट्रमाथि जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए