नयाँ दिल्ली । भारतको तमिलनाडुस्थित एक बाँधमा सेल्फी लिने क्रममा चिप्लिएर नवदुलहीसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ ।
नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने जोगिन सफल भएका छन् । सन् २०११ यता विश्वव्यापी रुपमा सेल्फीका कारण २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सन् २०१८मा गरिएको एक अध्ययन अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी भारतका रहेका छन् । स्थानीय कृष्णागिरी जिल्लाका वरिष्ठ प्रहरी अधिकारी एस प्रभाकरले जनाए अनुसार पम्बर बाँधमा गएको आइतबार सो घटना भएको हो ।
“बाँधमा उनीहरुले सेल्फी लिने प्रयास गरेका रहेछन् । त्यही बेला चिप्लिए ।उनीहरु त्यहाँ भएको बेलामा पानीको तह बढेको थियो”प्रभावकरले भने । मृत्यु हुनेहरुको शव तत्कालै बाहिर ल्याइएको थियो । भारतको जर्नल “फेमिली मेडिसिन एण्ड प्राइमरी केयर”ले सार्वजनिक गरेको पछिल्लो एक अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सन् २०११को अक्टोबर देखि २०१७को नोभेम्बर सम्ममा सेल्फी खिच्दा विश्वभरीमा २५९ जनाको मृत्यु भइसकेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि