October 8, 2019

२८ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा, व्यापार युद्ध झन् चर्किदै

Image result for 28 chinese companies in blacklist of americaवाशिङटन । अमेरिकाले चीनको सिन्जियाङ प्रान्तमा रहेका उइगुर्स मुश्लिम समुदायलाई ज्यादती गरेको आरोपमा २८ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकाले सो सूचीमा राखेपछि ती कम्पनीले अब वाशिङटनको स्वीकृति बिना अमेरिकी कम्पनीका उत्पादन लिन रोक लाग्नेछ । ती २८ वटा कम्पनीमा सरकारी एजेन्सी र प्रविधि अर्थात् खासगरी सर्भिलेन्स उपकरण सम्बन्धी संगठनहरु रहेका छन् । अमेरिकाले  पहिलो पटक यसपालि चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको भने होइन । गएको मे महिनामा ट्रम्प प्रशासनले चीनको चर्चित टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई उसका उत्पादनबाट सुरक्षा खतरा रहेको भन्दै ‘इन्टीटी लिस्ट’मा राखेको थियो । 

अमेरिकाको वाणिज्य मन्त्रालयले ती कम्पनीलाई मानवअधिकार उल्लंघन र ज्यादतीको आरोप लगाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएकामा हिक्भीजन, दाहुवा टेक्नोलोजी,मेग्भी टेक्नोलोजी लगायतका फेसियल रिकोग्निसन सम्बन्धी कम्पनीपनि रहेका छन् । अमेरिका र चीन अहिले व्यापार युद्धमा रहेका छन् । 

चीनले यसै हप्ताको अन्त्यमा आफ्नो व्यापारिक प्रतिनिधिमण्डल वाशिङटन पठाउँदैपनि छ । अमेरिकाको यो नीतिले चीनको प्रविधि सम्बन्धी महत्वकांक्षालाई धक्का लाग्न सक्नेछ । अहिले अमेरिकाले प्रतिबन्ध लगाएका कतिपय कम्पनी  चीनका सबैभन्दा ठूला टेक स्टारका रुपमा समेत चिनिन्छन् ।

यस अघि हुवावेलाई अमेरिकाले सो सूचीमा राखेको थियो । अमेरिकाले उक्त सूचीमा राख्नुको मतलब गुगल जस्ता अमेरिकी कम्पनीले हुवावेसँग व्यवहार गर्नको लागि पनि इजाजत लिनुपर्ने हुन्छ । दुई पक्षबीचको व्यापार युद्धका कारण उपभोक्ताले भने अब कि चिनियाँ सामान मात्रै कि चाहिं अमेरिकी सामान मात्रै लिनुपर्ने अवस्था उत्पन्न गराउन खोजिएको छ ।

चीनमा रहँदै आएका उइगुर्स मुसलमान जातिय रुपमा टर्कीका मुसलमान समुदायका मानिस हुन् । सिन्जियाङमा उनीहरुको संख्या करिब ४५ प्रतिशत रहेको छ । ४० प्रतिशत भने हान चाइनिज समूहका रहेका छन् । – बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि