वाशिङटन । अमेरिकाले चीनको सिन्जियाङ प्रान्तमा रहेका उइगुर्स मुश्लिम समुदायलाई ज्यादती गरेको आरोपमा २८ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
अमेरिकाले सो सूचीमा राखेपछि ती कम्पनीले अब वाशिङटनको स्वीकृति बिना अमेरिकी कम्पनीका उत्पादन लिन रोक लाग्नेछ । ती २८ वटा कम्पनीमा सरकारी एजेन्सी र प्रविधि अर्थात् खासगरी सर्भिलेन्स उपकरण सम्बन्धी संगठनहरु रहेका छन् । अमेरिकाले पहिलो पटक यसपालि चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको भने होइन । गएको मे महिनामा ट्रम्प प्रशासनले चीनको चर्चित टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई उसका उत्पादनबाट सुरक्षा खतरा रहेको भन्दै ‘इन्टीटी लिस्ट’मा राखेको थियो ।
अमेरिकाको वाणिज्य मन्त्रालयले ती कम्पनीलाई मानवअधिकार उल्लंघन र ज्यादतीको आरोप लगाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएकामा हिक्भीजन, दाहुवा टेक्नोलोजी,मेग्भी टेक्नोलोजी लगायतका फेसियल रिकोग्निसन सम्बन्धी कम्पनीपनि रहेका छन् । अमेरिका र चीन अहिले व्यापार युद्धमा रहेका छन् ।
चीनले यसै हप्ताको अन्त्यमा आफ्नो व्यापारिक प्रतिनिधिमण्डल वाशिङटन पठाउँदैपनि छ । अमेरिकाको यो नीतिले चीनको प्रविधि सम्बन्धी महत्वकांक्षालाई धक्का लाग्न सक्नेछ । अहिले अमेरिकाले प्रतिबन्ध लगाएका कतिपय कम्पनी चीनका सबैभन्दा ठूला टेक स्टारका रुपमा समेत चिनिन्छन् ।
यस अघि हुवावेलाई अमेरिकाले सो सूचीमा राखेको थियो । अमेरिकाले उक्त सूचीमा राख्नुको मतलब गुगल जस्ता अमेरिकी कम्पनीले हुवावेसँग व्यवहार गर्नको लागि पनि इजाजत लिनुपर्ने हुन्छ । दुई पक्षबीचको व्यापार युद्धका कारण उपभोक्ताले भने अब कि चिनियाँ सामान मात्रै कि चाहिं अमेरिकी सामान मात्रै लिनुपर्ने अवस्था उत्पन्न गराउन खोजिएको छ ।
चीनमा रहँदै आएका उइगुर्स मुसलमान जातिय रुपमा टर्कीका मुसलमान समुदायका मानिस हुन् । सिन्जियाङमा उनीहरुको संख्या करिब ४५ प्रतिशत रहेको छ । ४० प्रतिशत भने हान चाइनिज समूहका रहेका छन् । – बीबीसी
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद