काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले १३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाए । नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिए ।
नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोडे पनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका हुन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल